काठमाडौं – मिस नेपाल वर्ल्ड २०२० को उपाधि नम्रता श्रेष्ठले जितेकी छिन् । शनिबार सम्पन्न ग्राण्ड फिनालेमा २० प्रतिस्पर्धीलाई पछि पार्दै श्रेष्ठले मिस नेपालको २६ औं संस्करणमा उपाधि हात पारेकी हुन् । उनलाई ‘मिस नेपाल वर्ल्ड २०१९’की अनुष्का श्रेष्ठले ताज पहिराएकी हुन् ।
अन्तिम राउन्डका ६ जना प्रतिस्पर्धालाई ‘कल्पना गर्नुस् तपाईं एउटा सानो ढुंगा हो, जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ, तपाईं नेपाली महिलाको जीवनमा परिवर्तनकारी तरंग फैलाउन चाहानुहुन्छ ? भनेर सोधिएको थियो । नम्रताले आफ्नो आमालाई सम्झँदै नेपाली महिला सशक्त हुने उल्लेख गर्दै नेपाली महिलाहरु सकारात्मक सोचले अघि बढ्ने गरेको भन्दै उनले त्यसकै आधारमा संसारलाई जिन्त सकिने बताएकी थिइन् ।
सोही प्रश्नको जवाफ दिँदै मिस नेपाल सुपरनेसनलको उपाधि सिमल कनौजियाले जितिन् । ‘मिस नेपाल अर्थ’को उपाधि सुप्रिया श्रेष्ठले जितिन् । ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि सन्ध्या शर्माले पहिरिइन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij