काठमाडौं– ग्लोबल आइएमइ बैंकले इलाम जिल्लाको माईजोगमाई गाउँपालिकामा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ। योसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २३२ पुगेको छ।
यो सेवाबाट सेवाग्राहीले निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा निकाल्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन्।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यस क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्न सहज होस् भनेर उक्त सेवा शुरु गरेको बैकले जनाएको छ।
यो बैंकको २६४ शाखा सञ्जाल सहित २३९ एटिएम, ४६ एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २३२ शाखा रहित बैंकिङ्ग सेवा छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij