काठमाडौं – नेपाल बैंक लिमिटेडको ८४औं वार्षिकोत्सव समारोह विद्युतिय माध्यमबाट अर्थमन्त्री विष्णु पौडेलको प्रमुख आतिथ्यतामा कार्तिक ३० गते सम्पन्न भएको छ । अर्थमन्त्री पौडेलबाट बैंकले विगत १ बर्षमा स्थापना/पुनःस्थापना गरेका २६ वटा शाखा र ७ वटा एक्सटेन्सन काउण्टरको उद्घाटन र बैंकको वार्षिकोत्सव विशेषाङ्क २०७७ विमोचन समेत गरे । समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले बैकिङ्ग प्रणालीमा नेपाल बैंकले आफुलाई अग्र स्थानमा उभ्याउन सफल हुनेछ भन्ने आशा र विश्वास व्यक्त गर्दै शुभकामना दिए ।
देशमा संस्थागत बंैकिङ्गको शुन्यता रहेको बेला आम जनतामा बंैकिङ्ग सेवाप्रदान गर्ने उद्देश्य लिई ८३ वर्ष अघि विक्रम सम्वत १९९४ कार्तिक ३० गते लक्ष्मीपूजाको दिन स्थापित देशको बंैकिङ्ग इतिहासको आधार स्तम्भको रुपमा नेपाल बैंकलाई लिइने गरिएको छ ।
समारोहलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले उद्योग व्यवसायको विकास र रोजगारी सृजनामा ठूलो योगदान पु¥याएको यस बैंकको नेपाल सरकारबाट लागूभएका विभिन्न कार्यक्रमहरुको कार्यान्वयनमा समेत महत्वपूर्ण भूमिका रहने आशा र विश्वास व्यक्त गरे ।
हाल बैंक व्यावसायिक हिसाबले सञ्चालन भइरहेकोमा खुसी व्यक्त गर्दै कोरोना महामारीको यस विषम परिस्थितीम भर्चुअल माध्यमबाट काम गर्न र बैंकले ग्राहकलाई विद्युतिय माध्यमबाट सेवादिने कार्यलाई थप प्रोत्साहित गर्दै लैजानेमा विश्वास गर्दै बार्षिकोत्सव समारोहको पूर्ण सफलताको शुभकामना व्यक्त गरे । राजश्व सचिव रामशरण पुडासैनीले बैंकको संस्थागत सुशासन, व्यवस्थापनको कार्यदक्षता र कार्य क्षमतामा सुधार हुँदै गएको र अझ सुधार हुनेमा विश्वास व्यक्त गर्दै, बजारमैत्री सेवा तथा प्रविधिको माध्यमबाट बैंकको प्रतिस्पर्धात्मक क्षमतामा अभिवृद्घि गर्न, ग्राहक मुखी कर्यक्रमहरुमा थप जोड दिन, लागत घटाउने उपायहरु अवलम्वन गर्न सुझाव दिए ।
समारोहका सभापति सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले जोखिम व्यवस्थापन, आन्तरिक नियन्त्रण, नियामक निकायका निर्देशनको परिपालनागर्दै डिजिटाइजेसनको माध्यमबाट सेवाको गुणस्तर बृद्घि गर्ने तर्फ बैंक केन्द्रित भएको जानकारी समेत गराए ।
नेपाल बैंक लिमिटेड सञ्चालक समितिका सदस्य केदार प्रसाद पनेरु, गंगा प्रसाद ज्ञवाली, डा. सवित्री रञ्जित श्रेष्ठ, ओमकृष्ण श्रेष्ठको समेत उपस्थिति रहेको उक्त समारोहमा बैकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बैंकको बर्तमान वित्तीय अवस्था र बैंकका अन्य गतिविधिहरुको संक्षिप्त विवरणहरु राख्दै समारोहमा महत्पूर्ण उपस्थितिका लागि प्रमुख अतिथि, विशिष्ठ अतिथि, अतिथि तथा सम्पूर्ण सहभागीहरुप्रति आभार तथा धन्यवाद व्यक्त गरे ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij