२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सरकारले यो वर्ष दसैँको अग्रिम टिकट बुकिङ नखोल्ने

सरकारले यो वर्ष दसैँको अग्रिम टिकट बुकिङ नखोल्ने

2K
Shares

काठमाडौं – सरकारले यो वर्ष दसैँका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ नखोल्ने भएको छ । यातायात व्यवसायीले पर्याप्त यात्रु नभएको भन्दै अडान लिएपछि सरकारले पनि अहिलेकै अवस्थामा अग्रिम टिकट बुकिङ खोल्न नपर्ने निष्कर्ष निकालेको हो ।

अहिले बसपार्कमा पुगेर अग्रिम टिकट माग्दा बस कम्पनीले दिइरहेका छन् । बस कम्पनीहरुले भने बसपार्क पुग्नेहरु धेरैलाई टिकट सकिएको भन्दै फर्काइरहेका छन् । कतिले टिकट काटेपनि बढी भाडा लिइएको गुनासो यात्रुले गरिरहेका छन् ।

विभागले भने बढी भाडा लिइए ट्राफिक पहरीलाई खबर गर्न आग्रह गरेको छ । काठामाडौंमा गोगंबु बसपार्क, पुरानो बसपार्क, काटेश्वर, गौशाला, बालाजु, कलंकी लगायतका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएकाले बढी भाडा लिए त्यहाँ गएर खबर गर्न पनि सकिने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij