काठमाडौं– नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा ९५ हजार १०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ९४ हजार ६०० रुपैयाँमा कारोबार भएको छ। यस्तै मंगलबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । सोमबार तोलामा १२४५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १२२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij