काठमाडौं – बैंक अफ काठमाण्डूले आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेको छ । बैंकले गत आवको मुनाफाबाट सेयरधनीलाई १६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
असोज १४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । समितिले चुक्ता पुँजीको १३ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश(कर प्रयोजनको लागि समेत) गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।
उक्त प्रस्तावित लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा घटी हो । अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा बैंकले सेयरधनीलाई ११ प्रतिशत नगद र ६ प्रतिशत बोनस गरी १७ प्रतिशत लाभांश वितरण गरेको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij