काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकालगायत मोरङ, चितवन र सुर्खेतमा संक्रमणको उच्च जोखिम रहेको भन्दै ती ठाउँमा ६० वर्ष उमेर पुगेका व्यक्तिलाई घर बाहिर ननिस्कन अपिल गरेको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ती ठाउँमा संक्रमणको जोखिम उच्च रहेको भन्दै ६० वर्ष पुगेका, रक्तचाप, मधुमेहका विरामी, क्यान्सर र मृगौला रोगीहरूलाई घरबाहिर ननिस्कन आइतबार अनुरोध गरेका हुन्।
त्यस्ता व्यक्तिहरू घर बाहिर निस्कन परेको अवस्थामा अनिवार्य मास्कको प्रयोग गर्न मन्त्रालयले भनेको छ। साथै दुई मिटरको दूरी कायम गर्न र कामबाट फर्केपछि साबुन पानीले हात धुन मन्त्रालयको सुझाव छ।
पछिल्लो समय उपत्यका लगायत बढी जनघनत्व भएको सहरहरूमा संक्रमण दर बढेको देखिएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij