२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अब मासिक ५ सय जम्मा गरे पेन्सन पाइने

अब मासिक ५ सय जम्मा गरे पेन्सन पाइने

7.1K
Shares

काठमाडौं – सबै नेपाली नागरिकलाई पेन्सन दिनेगरी नागरिक लगानी कोषले ‘नागरिक पेन्सन योजना’ ल्याएको छ । यो योजनाले सबै नागरिकलाई समेट्ने बताइएको छ । मासिक ५ सय रुपैयाँ बचत गरेर यस योजनामा सहभागी हुन पाइने कोषले जनाएको छ । त्योभन्दा माथि १० ले भाग जाने जतिसुकै रकम बचत गर्नेगरी योजनामा सहभागी हुन सकिने कोषले जनाएको छ ।

बचत गरेको रकमकै आधारमा सो व्यक्ति ६० वर्ष पुरा भएपछि पेन्सन पाउनेछन् । बचत रकम अनुसारको पेन्सन हुने भएकाले जति धेरै रकम बचत भयो, त्यति नै बढी पेन्सन प्राप्त हुने नागरिक लगानी कोषले जनाएको छ ।
यदि कसैले बीचमा नै छाड्न चाहेमा सो व्यक्तिको बचत रकम र सो रकमबाट प्राप्त ब्याजसहित फिर्ता हनेछ । तर यस योजनामा सहभागी भएको कम्तिमा २ वर्षसम्म भने छाड्न पाइने छैन।

कृषि, मजदुरी गर्ने, आफ्नो जुनसुकै व्यवसाय भएका विभिन्न क्षेत्रमा कार्यरत नागरिक यस योजनामा सहभागी हुन सक्छन्। मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रुपमा पनि बचत गर्न सकिनेछ । तर बचत रकम मासिक कम्तिमा ५ सय हुनुपर्दछ ।

सर्वसाधारण जनतालाई बचत गर्न प्रोत्साहित गर्ने र सो बचतलाई देशको आर्थिक विकासमा परिचालन गर्न सघाउ पुग्ने कोषले जनाएको छ । नागरिक लगानी कोष विनियमावली, २०४८ को विनियम ३२ ले दिएको अधिकार प्रयोग गरी संचालक समितिले कार्यविधि स्वीकृत गरी कार्यान्वयनमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij