काठमाडौं- सरकारले विभिन्न आयोग र मन्त्रालयका कर्मचारीका लागि अस्थायी दरबन्दी स्वीकृत गरेको छ। मन्त्रिपरिषद् बैठकले तीन सय १८ वटा राजपत्राङ्कित कर्मचारीका लागि अस्थायी दरबन्दी स्वीकृत गरेको हो।
सरकारका प्रवक्ता युवराज खतिवडाले विभिन्न मन्त्रालयका प्रस्तावका आधारमा ती दरबन्दी स्वीकृत गरिएको जानकारी दिए। उनकाअनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रस्तावमा सत्य निरूपण तथा मेलमिलाप आयोगको केन्द्रीय कार्यालयका लागि ३५ जना कर्मचारीको दरबन्दी स्वीकृत भएको हो।
आयोगकै मुकाम कार्यालयका लागि २१ जना र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि २३ जना कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको खतिवडाले जानकारी दिए।
कृषि मन्त्रालयका दुई प्रस्ताव स्वीकृत गर्दै मन्त्रिपरिषदले १९ वटा दरबन्दी सिर्जना गरेको छ भने मन्त्रालयकै विभिन्न आयोजनाका लागि दुई सय २० वटा राजपत्राङ्कित पद स्वीकृत गरिएको हो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij