२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

चेक बाउन्समा दोषी ठहर भएका राजेन्द्रकमार महर्जन पक्राउ

चेक बाउन्समा दोषी ठहर भएका राजेन्द्रकमार महर्जन पक्राउ

1.6K
Shares

काठमाडौं– आफ्नो बैंक खातामा रकम नभएको जान्दाजान्दै झुक्याएर चेकमार्फत भुक्तानीमा दोषी ठहर भएका एक जना पक्राउ परेका छन्। कलंकी घर भई ललितपुर इमाडोल बस्ने ४७ वर्षीय राजेन्द्रकमार महर्जन पक्राउ परेका हुन्।

उच्च अदालत पाटनले उनलाई १० दिन कैद र १५ लाख पच्चहत्तर हजार रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो। सो सजाय वेरुजू रही फरार रहेका निजलाई आइतबार कलंकीबाट लुकिछिपि बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ।

उनलाई फैसला कार्यान्वयनको लागि आजै अदालतमा पेश गरिएको ब्यूरोले जनाएको छ। राजेन्द्रकुमारले मौज्दात रकम नभएको भन्ने जानी– जानी कृष्णभक्त महर्जनलाई इन्भेष्टमेन्ट बैंकको चोक काटेर दिएका थिए। अदालतले यसलाई बैकिङ कसूरजन्य अपराध गरेको ठहर गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij