२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपालकै जूम्ल्याहा हात्ती अब हजारको नोटमा

नेपालकै जूम्ल्याहा हात्ती अब हजारको नोटमा

3.3K
Shares

काठमाडौं – नेपाल राष्ट्र बैंकले २६ अर्ब रुपैयाँ बराबरको एक हजार रुपैयाँको नयाँ नोट बुधबारदेखि बजारमा पठाएको छ । बैंकका कार्यकारी निर्देशक रेवति नेपालका अनुसार आज बजारमा पठाइएका नयाँ नोटहरुमा सुरक्षा विशेषता अन्य यथावत रहेता पनि हात्तीको संख्या भने थपिएको छ । पहिले एक हजारको नोटमा एउटा मात्रै हात्ति हुने गरेकोमा अब जुम्ल्याहा हात्ती नयाँ नोटमा हुनेछन् ।
तत्कालीन गभर्नर डा. चिरञ्जीवि नेपालकै पालामा यो नोट छपाईको कार्य भएकाले नयाँ नोटमा पनि नेपालको हस्ताक्षर छ । राष्ट्र बैंकका अनुसार हात्तीको चित्र भने वन तथा वातावरण मन्त्रालय माताहतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले उपलब्ध गराएको हो ।
देवकलीबाट जन्मिएका जुम्ल्याहा हात्तीको नाम ‘राम लक्ष्मण’ हो । उनीहरु अहिले पनि चितवन राष्ट्रिय निकुञ्जमा गस्तीमा जान प्रयोग गरिन्छन् ।
प्रायः हात्तीबाट जुम्ल्यहा बच्चा जन्मिनु दुर्लभ मानिन्छ । तिनै दुलर्भ हात्तीको फोटो हजारका नोटमा राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij