काठमाडौं – बितेको २४ घण्टामा नेपालमा १८० जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये काठमाडौं उपत्यकामा मात्रै ५४ जनामा कारोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भक्तपुरका १०, काठमाडौंका २४ र ललिपुरका २० गरी उपत्यकाका ५४ जनामा संक्रमण पुष्टि भएको बताए । मन्त्रालयका अनुसार संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ ।
कोरोना संक्रमणबाट निको भई घर फर्किनेको संख्या २६४ रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij