२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भाटभटेनी सुपरमार्केटले घरमै मालसामान डेलिभरी गर्ने

भाटभटेनी सुपरमार्केटले घरमै मालसामान डेलिभरी गर्ने

695
Shares

काठमाडौं – भाटभटेनी सुपरमार्केटले उपभोक्ता लक्षित घरमै मालसामान पुर्‍याउने सेवा सुरु गरेको जनाएको छ । फोन तथा सामाजिक सञ्जालमार्फत उपभोक्ताले वस्तु मगाउन सक्नेगरी होम डेलिभरी सेवा आरम्भ भएको सुपरमार्केटले जनाएको छ ।

सरकारले घोषणा गरेको लकडाउनमा खाद्यान्नसहितका उपभोग्यवस्तु अभाव हुन नदिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सबै ठूला सुप्परमार्केटलाई खुला राख्न तथा डेलीभरी सेवा थाल्न गरेको आग्रह पछि भाट भटेनीले सेवा सुरु गरेको हो ।

सुपरमार्केटले उपलब्ध गराएको फोन, भाईबर, ह्वाट्स्याप तथा उसको आधिकारिक फेसबुक पेजमार्फत गरिने अर्डर उपभोक्ताले आफ्नै ठेगानामा पाउने भाटभटेनीले जनाएको छ ।
भाटभटेनीले यो सेवासंगै अनलाईन पेमेन्टलाई पनि प्राथमिकता दिएको छ । सरकारको आग्रह पछि सेल्सबेरी, बिग मार्ट, केके मार्ट लगायतका धेरै ठाउँमा शाखा भएका व्यापारिक फर्महरुले पनि डेलिभरी सेवा सुरु गर्ने तयारी थालेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij