२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बैंक कर्जाको साँवा तथा ब्याज चैत मसान्तमा तिर्नु नपर्ने

बैंक कर्जाको साँवा तथा ब्याज चैत मसान्तमा तिर्नु नपर्ने

3.8K
Shares

सरकारले बैङ्क तथा वित्तीय संस्थाहरुलाई कोरोनाप्रभावित व्यवसायहरुको कर्जाको सावा ब्याज असुली गर्ने कार्य चैत मसान्तसम्मका लागि स्थगन गर्न निर्देशन दिएको छ । अर्थमन्त्री युवराज खतिवडाको अध्यक्षतामा बुधबार बसेको उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बैठकले सो निर्णय गरेको हो । यसमा गैरबैङ्किङ वित्तीय संस्थाहरु पनि सामेल छन् ।

बैठकले काउन्टरमा जम्मा हुन आउने र काउन्टरबाट वितरण गरिने नोटहरुलाई संक्रमणरहित (डिसइन्फेक्टेन्ट) गरेर मात्र प्रयोगमा ल्याउने व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij