२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कोरोना राहात कोषमा उपराष्ट्रपतिले दिए १ महिनाको तलब

कोरोना राहात कोषमा उपराष्ट्रपतिले दिए १ महिनाको तलब

925
Shares

काठमाडैं – उपराष्ट्रपति नन्दबहादुर पुनले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित प्रकोप रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारद्वारा स्थापित
राहात कोषमा आफ्नो एक महिनाको तलब दिने घोषणा गरेका छन् । सोमबार उक प्रेस नोट जारी गरी उपराष्ट्रपति पुनले यस्तो घोषणा गरेका हुन् । साथै, उपराष्ट्रपति पुनले कोरोनाको सन्त्रासबाट नआत्तिन, धैर्य गर्न र उच्च मनोबलका साथ सरकारको प्रयासमा पूर्ण साथ दिन सबै नेपालीमा अपील गरे ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि ५० करोड रुपैयाँ राखेर कोरोना राहात कोष स्थापना गरेको थियो । उक्त कोषमा विभिन्न व्यक्ति र संघसंस्थाले स्वेच्छिक रुपमा रकम जम्मा गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij