काठमाडौं – गर्मीयाम सुरू भएसँगै डेंगी रोग फैलिन सुरु गरेको छ । इपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत दुई महिनामा देशभर ३६ जनामा डेंगी देखिएको छ।
प्रदेश नम्बर १ मा ६ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नम्बर ५ मा १४ जना र सुदुरपश्चिम प्रदेशमा २ जनामा डेंगी देखिएको हो।
‘अब सबैले कोरोनासँगै डेंगीसँग पनि सर्तक रहनुपर्छ,’ महाशाखाले जनाएको छ ।
डेंगीबाट बच्च सरसफाइमा ध्यान दिनुपर्दछ पानी जमेको खाल्डाखुल्डी पुर्ने र झुलको प्रयोग गर्न महाशाखाले आग्रह गरेको छ।
डेंगी अरू भाइरसजस्तो खतरा नभएकोले यसबाट आत्तिहाल्नु पर्ने अवस्था भने नरहेको चिकित्सकहरु बताउँछन्।
कसैलाई डेंगीको लक्षण देखिनेवित्तिकै आत्तिनु पर्देन। तर शरीरको भित्री वा बाहिरी भाग कतैबाट पनि रक्तश्राप भयो भने तुरून्त चिकित्सककोमा जानुपर्छ र
आर्थिक वर्ष २०७५–०७६ मा तीन हजार चार सय जनामा डेंगी संक्रमण देखिएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij