काठमाडौं– जबरजस्ती करणी मुद्दा लागेका चताराधामका सिद्धबाबा भनिने कृष्णदास गिरी जिल्ला अदातल सुनसरीमा उपस्थित भएका छन्। मंगलबार बिहान १२ बजेतिर उनी जिल्ला अदालत सुनसरी पुगेका थिए।
‘अदालत आउनासाथ हामीले उहाँलाई थुनुवा पूर्जी दिएर झुम्का जेल पठाएका छौं’,जिल्ला अदालत सुनसरीले जनाएको छ ।
कात्तिक ४ गते बलात्कार गरेको किटानी जाहेरी एक महिला अनुयायीले दिएपछि गिरीलाई मंसिर १६ गते पक्राउ गरेर सुनसरी प्रहरीले जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको थियो।
यसअघि जिल्ला अदालत सुनसरीले गिरीलाई तीन लाख धरौटीमा छोड्न आदेश दिएको थियो। उच्च अदालतले उक्त आदेश बदर गर्दै उनलाई पुर्पक्षका लागि थुनामा पठाउन भनेको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij