२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रदेश नम्बर २ मा नेकपा-राजपा गठबन्धन विजयी

प्रदेश नम्बर २ मा नेकपा-राजपा गठबन्धन विजयी

770
Shares

धनुषा – प्रदेश दुईको राष्ट्रियसभा निर्वाचनमा नेकपा-राजपा गठबन्धनबाट अल्पसंख्यक कोटामा उम्मेदवारी दिएका शेखर सिंह विजयी भएका छन् ।  उनले नेपाली काँग्रेस र समाजवादी पार्टीको गठबन्धनबाट उम्मेदवारी दिएका भोला पजियारलाई पराजित गरेका हुन् । सिंहले ५ हजार ५ सय २ मतभार ल्याएका छन् भने पजियारले ४ हजार ५ सय १२ मतभार ल्याए ।

अल्पसंख्यक कोटाको परिणाम आएसँगै राष्ट्रियसभाको प्रदेश दुईको निर्वाचन चारवटै सीटमा नेकपा राजपा गठबन्धनले विजयी हासिल गरेको छ ।  नेकपा राजपा गठबन्धनबाट महिलातर्फ तुलसा दहाल, खुल्लातर्फ मृगेन्द्र सिंह र दलिततर्फ राधेश्याम पासवान विजयी भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij