काठमाडौं – बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ । प्रसाईं भने फरार छन् । मेडिकल कलेजको सम्बन्धन दिनका लागि २० करोड घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले मानहानीको मुद्दा हालेका थिए । साथै, उनले आफूविरुद्ध गुण्डागर्दी गरेर असुरक्षित बनाएको भन्दै जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा पनि निवेदन दिएका थिए ।
निवेदनमाथि कारबाही गर्दै जिल्ला प्रशासन कार्यालय, भक्तपुरले पक्राउ गर्न अनुमति दिएको प्रहरीले जनाएको छ । लगतै प्रहरी भक्तपुरस्थित उनको निवासमा पुगेको थियो । तर उनी नभेटिएको प्रहरी स्रोतले बताएको छ । प्रहरीले झापास्थित प्रसाईंको घरमा पनि खोजी गरेको छ । त्यहाँ पनि उनी भेटिएनन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij