काठमाडौं – एनआइसी एशिया बैंकले कार्ड सिस्टममा सरल सुविधा प्रधान गर्न एसटुएमको सेलेक्ट सिस्टम इएफटी स्वीच प्रयोगमा ल्याउने भएको छ।
बैंकले बिहीबार एसटुएम मोरक्कोसँग उक्त स्वीच प्रविधि खरिदका लागि सम्झौता भएको हो। सबै प्राविधिक तयारी गरी केही समयमा बैंकले यो प्रविधि संचालनमा ल्याउने बताएको छ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र एसटुएम मोरक्कोका तर्फबाट उपाध्यक्ष मोहम्मद अमरति रिफीले हस्ताक्षर गरे।
मुलुकभर ३१० शाखा कार्यालयहरु, ४०२ एटिएम, ९४ वटा एक्स्टेन्सन काउन्टर एवं ४४ वटा शाखारहित बैंकिङमार्फत् सेवा प्रदान गर्दै आएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij