काठमाडौं – सिद्धार्थ बैंकले बिहीबार धनुषाको विद्यापति चोक शाखा र जनकपुर शाखाको औपचारिक उद्घाटन गरेको छ। बैंकको विद्यापति चोक शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक जनकपुर शाखाका निर्देशक हेम प्रसाद न्यौपानेले गरेका थिए। जनकपुर शाखाको उद्घाटन जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित कुमार शाहले गरेका थिए।
बैंकले विद्यापति चोक शाखा गत २०७५ फाल्गुण २२ गते र जनकपुर शाखा २०७५ चैत्र १७ गते देखि नै स्थापना गरी कारोबार गर्दै आएको थियो।
सिद्धार्थ बैंकले देशभर १७५ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, १९४ एटिएम र १ हजार ६ सय भन्दा बढी पिओएस मेसिनमार्फत् सेवा प्रदान गर्दै आएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij