२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस, अप्रेशन गर्ने तयारी

प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस, अप्रेशन गर्ने तयारी

1.4K
Shares

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् ।
प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि मंगलबार त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए । परीक्षणका क्रममा चिकित्सकले भर्ना भएर बस्न सल्लाह दिएपछि उनी भर्ना भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका अनुसार प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस भएको छ । एपेन्डिसाइटिस भएका बिरामीको तत्काल अपरेसन गर्नुपर्ने भएकाले त्यसको तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij