२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

चेक कीर्ते गर्ने प्रहरी जवान निलम्बित

चेक कीर्ते गर्ने प्रहरी जवान निलम्बित

815
Shares

महोतरी– जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत एक प्रहरी जवान चेक कीर्ते गरी बैंकबाट बढी रकम निकालेको आरोपमा निलम्बनमा परेका छन् । जिल्ला प्रहरी कार्यालयमा तीन वर्षदेखि कार्यरत प्रहरी जवान राजेश द्विवेदी निलम्बनमा परेका हुन् । उनलाई बैंकबाट रकम कीर्ते गरेको आरोपमा निलम्बन गरिएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

प्रहरी जवान द्विवेदीले बिहीबार सदरमुकाम जलेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक शाखामा आफ्नै नामको रु तीन हजारको एउटा तथा रु चार हजारको अर्को चेक सदर गरी पुनः रु तीन हजारको चेकलाई रु ३० हजार तथा रु चार हजारको चेकलाई रु ४० हजार लेखेर बैंकको काउण्टरबाट रु ७० हजार झिकेको बैंकका प्रबन्धक शिवशङ्कर यादवले बताए । बैंकमा बिहीबार हिसाब मिलान गर्दा नमिलेपछि सबै चेक जाँच गर्दा द्विवेदीले चेकमा केरमेट गरेको भेटिएपछि बैंक प्रबन्धक यादवले प्रहरी उपरीक्षक अधिकारीलाई जानकारी गराएका थिए ।

प्रहरी जवान निलम्बित
जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत एक प्रहरी जवान चेक कीर्ते गरी बैंकबाट बढी रकम निकालेको आरोपमा निलम्बनमा परेका छन् । जिल्ला प्रहरी कार्यालयमा तीन वर्षदेखि कार्यरत प्रहरी जवान राजेश द्विवेदी निलम्बनमा परेका हुन् । उनलाई बैंकबाट रकम कीर्ते गरेको आरोपमा निलम्बन गरिएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

प्रहरी जवान द्विवेदीले बिहीबार सदरमुकाम जलेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक शाखामा आफ्नै नामको रु तीन हजारको एउटा तथा रु चार हजारको अर्को चेक सदर गरी पुनः रु तीन हजारको चेकलाई रु ३० हजार तथा रु चार हजारको चेकलाई रु ४० हजार लेखेर बैंकको काउण्टरबाट रु ७० हजार झिकेको बैंकका प्रबन्धक शिवशङ्कर यादवले बताए । बैंकमा बिहीबार हिसाब मिलान गर्दा नमिलेपछि सबै चेक जाँच गर्दा द्विवेदीले चेकमा केरमेट गरेको भेटिएपछि बैंक प्रबन्धक यादवले प्रहरी उपरीक्षक अधिकारीलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij