२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सांग्रिला डेभलपमेन्ट बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच सम्झौता

1.2K
Shares

काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सिद्घार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालि, तीनकुने बीच सम्झौता भएको छ ।
सम्झौताअनुसार बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट कार्डवाहक तथा बैंकका सम्पुर्ण ग्राहकवर्गहरुलाई सिद्घार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको देशभर सञ्चालनमा रहेको होटल तथा रेष्टुरेन्टबाट प्राप्त हुने विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान हुने छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका नायव महाप्रबन्धक अपूर्वप्रसाद जोशी र सिद्घार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अनुसार अब सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकले सिद्घार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिको देशका विभिन्न स्थानहरुमा रहेका शाखा सञ्जालहरुमा खाना तथा आवास सम्वन्धी सेवामा विभिन्न छुट प्राप्त गर्न सक्ने छन् ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका देशभरि ८७ वटा शाखाले विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij