२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ग्लोबल आइएमई बैंक र ब्लू क्रश हस्पिटलबीच सम्झौता

ग्लोबल आइएमई बैंक र ब्लू क्रश हस्पिटलबीच सम्झौता

1K
Shares

काठमाडौं – ग्लोबल आइएमई बैंक ब्लू क्रश हस्पिटल प्रालीबीच हस्पिटलले बैंकका ग्राहकलाई विभिन्न सुविधामा दिने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकको बजार तथा व्यवसाय प्रवद्धन प्रमुख शान्ता शिवाकोटी र ब्लू क्रश हस्पिटल प्रालीको व्यवस्थापन समितिका सदस्य सचिव रजत कृष्ण श्रेष्ठले हस्ताक्षर गरेका हुन्।
सम्झौतापछि ब्लू क्रश हस्पिटलमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक कर्मचारीले विशेष छुट पाउने भएका छन्।
ग्लोबल बैंकले १५० वटा शाखा, ३० वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १५० एटिएम, १९४ शाखारहित बैंकिङ सेवा र नेपालबाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय (अष्ट्रेलिया, बेलायत र भारत)मार्फत् ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij