२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एभरेष्ट बैंकका ग्राहकलाई ‘ट्रानक्विलिटी स्पा’मा ३० प्रतिशत छुट

एभरेष्ट बैंकका ग्राहकलाई ‘ट्रानक्विलिटी स्पा’मा ३० प्रतिशत छुट

545
Shares

काठमाडौं – एभरेष्ट बैंक लिमिटेडले ग्राहकहरुलाई छुटको व्यवस्था गर्न ट्रानक्विलिटी स्पासँग साझेदारी गरेको छ। बैंक र स्पाबीच हस्ताक्षर भएको एमओयूअनुसार ग्राहकहरुले कुल बिलमा ३०% छुट पाउने भएका छन्।

यस साझेदारीअनुसार एभरेष्ट बैंकका ग्राहकले एटिएम कार्ड वा क्रेडिट कार्डबाट उपलब्ध अफरको लिन सक्नेछन्। ‘सर्भिस विथ स्माईल’ नारा रहको एभरेष्ट बैंकको ग्राहकहरुको संख्या १० लाख भन्दा बढी रहेको छ।

एभरेष्ट बैंकले हाल आफ्ना ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र १२२ एटिएम तथा बृहत बाह्य सन्जालमार्फत् सेवाहरु प्रदान गर्दै आइरहेको छ।
त्यसैगरी, नेपाल तथा विदेशका विभिन्न शहर र ‘लक्जरी होटलहरु’मा थुप्रै आउटलेट रहेको ट्रानक्विलिटी स्पाले भने स्पा तथा वेलनेस इन्डस्ट्रीमा नेतृत्व गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij