काठमाडौं – अब सरकारले सामाजिक सुरक्षा कोषमा योगदान गरेकाहरुलाई एक करोडसम्मको ऋण दिने भएको छ।
शुक्रबार सिंहदरबारमा गैर सरकारी संस्था महासंघ, उपभोक्ता महासंघ, कर्मचारी संचय कोष लगायतका पदाधिकारीहसँगको छलफलमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बिष्टले विभिन्न शिर्षकमा कोषले १ करोडसम्म ऋण दिने बताएका हुन्।
‘सामाजिक सुरक्षाको कस्तो सिद्धान्त, कस्तो दर्शनमा आधारित छ भन्नेकुरा भन्दा पनि ऋण चाहियो त्यसपछि मात्र सामाजिक सुरक्षा कोषमा आउछौ भनेर एकदमै दवाव आएको कारणले ऋण प्रवाह गर्ने कार्यविधी हामीले तयार गरेका छौ,’उनले भने।
कोषले घरजग्गा लोनको लागि बढीमा १ करोड सम्म, शैक्षिक लोनको लागि बढीमा ३५ लाख सम्म लगायत लोनको व्यवस्था मिलाउने उनले जानकारी दिए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij