२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

टीभीएस एनटर्क– सधैं तपाईको साथमा

टीभीएस एनटर्क– सधैं तपाईको साथमा

710
Shares

काठमाडौं– जगदम्बा मोटर्स नेपालका लागि टीभीएस स्कुटरको अधिकृत वितरकले नेपालीहरुको महान चाड दशैंको अवसरमा वृद्धवृद्धा र बच्चा बोकेको महिलाहरुको मन्दिर भ्रमणलाई सहज बनाउन मद्दत गरेको छ ।

यो पहल सप्तमी र अष्ठमी गरेर दुई दिनसम्म जारी रहेको थियो । टीभीएस एनटर्कका स्वयमंसेवकहरु उपत्यकाकै अत्यन्त भीडभाड हुने मन्दिर गुहेश्वरी र भद्रकालीमा छरिएर सयौंको संख्यामा रहेका वृद्धवृद्धा र बच्चा बोकेका महिलाहरु दर्शनाथीहरुको स्थानमा गएर उनीहरुको पालोका लागि लाईनमा बसेर सहयोग गरिरहेका थिए ।

भक्तजनहरुले टीभीएस एनटर्कको स्टलमा विश्राम गरे र यसैबीचमा स्वयमंसेवकहरु उनीहरुका लागि लाईनमा बसिदिए । स्वयमंसेवक बाहेक थुप्रै युवाहरुले टिभीएस एनटर्कको महान कार्यमा हात बढाए ।

यो पहलको मुख्य उद्देश्य वृद्धवृद्धाहरुको मन्दिर भ्रमणलाई सहज बनाउनु रहेको थियो । यो अभियानको साथ टीभीएस एनटर्क ‘सधैं तपाईको साथमा’ भन्ने सिद्धान्तमा अटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij