२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपालको जलविद्युतमा अहिलेसम्मकै ठूलो वैदेशिक लगानी, माथिल्लो त्रिशुली १ मा ५० अर्बको सम्झौता

नेपालको जलविद्युतमा अहिलेसम्मकै ठूलो वैदेशिक लगानी, माथिल्लो त्रिशुली १ मा ५० अर्बको सम्झौता

945
Shares

काठमाडौं – नेपालको जलविद्युतमा अहिलेसम्मकै ठूलो वैदेशिक लगानी सम्झौता भएको छ।
रसुवा जिल्लामा निर्माण हुने २१६ मेगावाटको माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनामा ५० अर्ब वैदेशिक लगानीको सम्झौता भएको हो। अर्थमन्त्री डा. युवराज खतिवडा र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनको उपस्थितीमा ऋण सम्झौता भएको छ ।
कोरियाली लगानीमा रहेको नेपाल वाटर तथा इनर्जी डेभलपमेन्ट कम्पनी प्रवर्द्धक रहेको आयोजनामा ९ अन्तर्राष्ट्रिय वित्तीय संस्थाले लगानी गर्ने सम्झौता गरेका छन्।
आयोजनामा विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमले १६ करोड १३ लाख, एसियाली विकास बैंकले ६ करोड, एसियाली पूर्वाधार विकास बैंकले ३ करोड ९६ लाख, कोरियाली एक्जिम बैंकले १० करोड, कोरिया डेभलपमेन्ट बैंकले ३ करोड ८ लाख अमेरिकी डलर लगानी गर्ने भएका छन्।
त्यस्तै आयोजनामा हालै मात्र वर्ल्डलिंकमा लगानी गरेको बेलायतको सिडिसी ग्रुपले २ करोड १९ लाख, नेदरल्यान्ड डेभलपमेन्ट फाइनान्स कम्पनीले १ करोड ५४ लाख, फ्रेन्च डेभलप फाइनान्सियल इन्स्टिच्युटले १ करोड १० लाख र अन्तर्राष्ट्रिय विकासका लागि ओपेक फन्डले १ करोड ३२ लाख अमेरिकी डलर ऋण लगानी गर्ने भएका छन्।
७० अर्ब बढी लागतमा बन्ने आयोजनामा ७० प्रतिशत वैदेशिक ऋण हुने छ।
२० करोड डलर नेपाली साझेदार जेड कन्सल्ट र कोरियाका कम्पनीले स्वपुँजी (इक्विटी) लगानी गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले आयोजनाको प्रवद्र्धक नेपाल वाटरसँग अमेरिकी डलरमा विद्युत खरिद सम्झौता (पीपीए) गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij