काठमाडौं -नेपालीको महान् चाड दसैँ नजिकिएसँगै चहलपहल बढेको छ। दसैँको बेला हरेक सामानमा छुट हुने भएकाले बजारमा मानिसको भीड लाग्नु स्वभाविक देखिन्छ।
घरमा केही सामान जोड्नु छ भने दसैँ अफरमा किन्ने गर्छन् आम उपभोक्ताहरू। यसैलाई मध्येनजर गरेर कम्पनी तथा व्यापारी, व्यावसायीहरू पनि आफ्ना सामानमा छुट तथा चाडपर्वको अफर राख्ने गर्छन्।
कुमारीपाटीमा रहेको सिजी शोरूमका इन्चार्ज भिक्की शाही आफुले पनि इलेक्ट्रोनिक्स् सामानमा दसैँ विशेष अफर राखेको बताउँछन्।
उनका अनुसार सिजीका इलेक्ट्रोनिक्स सामानहरूमा १३ देखि १५ प्रतिशतसम्म छुट दिइएको छ।
सिजीका उत्पादन उफर, रेफ्रिजेनेरेटर, वासिङमेसिन, टिभी, फ्रिज लगाएत छन्।
अरूको तुलनामा फ्रिज महँगो पर्छ। त्यसैले यस्ता सामान ग्राहकले अफरमा किन्न खोज्ने हुनाले विशेष छुट दिएको भिक्की बताउँछन्।
अहिले बजारमा १५ हजारदेखि ५० हजारसम्मको फ्रिज ग्राहकको रोजाईमा परेको व्यापारी बताउँछन्।
चाडपर्वको अवसारमा सबै कम्पनीले विशेष छुट राख्ने गर्छन्।
दसैँका बेला उपभोक्ताहरू आफुसँग भएको पैसाले सामान जोड्ने हुनाले व्यापार व्यवसाय बढाउन दसैँ विशेष छुट राखेको उनी बताउँछन्।
‘विज्ञान तथा प्रविधिको कारणले इलेक्ट्रोनिक्स सामान छिटै परिवर्तन भएर आउने भएकाले उपभोक्ताले नयाँ नयाँ टेक्नोलोजी लिन खोज्छन् त्यसैले पनि अहिले व्यापार बढेको छ’ उनले भने।
सिजी सिङ्गल डोरका ६० देखि २ सय ४१ लिटर क्षमता भएका फ्रिजहरूमा विशेष छुट दिइएको छ। सिङ्गल डोर फ्रिजमा १३ देखि २३ प्रतिशतसम्म छुट दिएको कम्पनीले जानकारी दिएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij