२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रोग्रेशिभ फाइनान्सको शाखा धनुषाको सबैलामा

प्रोग्रेशिभ फाइनान्सको शाखा धनुषाको सबैलामा

455
Shares

काठमाडौँ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले धनुषा जिल्लाको सबैला नगरपालिकामा शाखा शुभारम्भ गरेको छ । शाखाको समुद्घाटन आइतबार एक समारोहबीच सबैला नगरपालिकाका मेयर विजयशंकर प्रसाद साहले गरेका हुन् ।
शाखा शुभारम्भ कार्यक्रममा बोल्दै सबैला नपाका मेयर विजयशंकर प्रसाद साहले यस क्षेत्रमा बैंकिङ्ग सेवा प्रदान गर्न आएकोमा प्रोग्रेशिभ फाइनान्सलाई धन्यवाद दिँदै उक्त क्षेत्रका अन्य वित्तीय पहुँच नपुगेका स्थानहरुमा वित्तीय सेवा तथा वित्तीय साक्षरता प्रदान गर्न सुझाव दिए । उक्त कार्यका लागि नगरपालिकाले उचित सहयोग गर्ने बचनबद्धता व्यक्त गरे । उद्घाटन कार्यक्रममा संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न जनचेतना मुलक सन्देश छापिएको टिसर्ट बितरण गरिएको थियो ।

चुक्ता पूँजी रु. ८० करोड १ लाख रहेको फाइनान्सले काठमाण्डौंको तिनकुनेमा कर्पोरेट कार्यालय र न्यूरोडमा मूख्य शाखा सहित चार वटा शाखा र ललितपुरको पूल्चोक, महालक्ष्मीस्थान, काठमाण्डौको तीनकुने तथा भक्तपुरको थिमिमा एक्सटेन्सन काउण्टर मार्फत निरन्तर बित्तीय सेवा प्रदान गर्दै आइरहेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागार्इँले बताए ।

देशका सवै भूगोलको प्रतिनिधित्व हुने गरी शाखा बिस्तारको योजना राखेको फाइनान्सले निकट भविष्यमा धनुषा जिल्लाको महेन्द्रनगर र सर्लाहिको मलंगवामा नयाँ शाखा संचालनमा ल्याउने योजना रहेको फाइनान्सका अध्यक्ष किशोरकुमार महर्जनले बताए । बित्तीय क्षेत्रमा सरल, सहज र ग्राहकमुखी सेवालाई बढी प्राथमिकतामा राखी आधुनिक प्रविधियुक्त बैंकिङ सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको अध्यक्ष महर्जनले बताए ।

कार्यक्रममा फाइनान्सका सञ्चालक लक्ष्मीप्रसाद महर्जन, शम्भुलाल डंगोल, समुन्द्रकाजी श्रेष्ठ, फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाइँर्, मुख्यप्रबन्धक प्रमोद भट्टराई लगायत सबैलाका सहकारी संस्थाका प्रमुख, उद्योगी, ब्यापारीको उपस्थिति रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij