२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

माछापुच्छ्रे बैंकद्वारा श्वेता श्री फाउण्डेशनलाई आर्थिक सहयोग

माछापुच्छ्रे बैंकद्वारा श्वेता श्री फाउण्डेशनलाई आर्थिक सहयोग

760
Shares

काठमाडौं – माछापुच्छ्रे बैंकले श्वेता श्री फाउण्डेशनद्धारा सिन्धुपाल्चोकमा निर्माणाधिन एकिकृत नमुना माझी बस्तीलाई आर्थिक सहयोग गरेको छ ।
बैंककोे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुमन शर्मा तथा नायव प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कोइरालाले श्वेता श्री फाउण्डेशनकी अध्यक्ष नायिका श्वेता खड्कालाई रु.७ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

श्वेता श्री फाउण्डेशनले भुकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक जिल्लाको चौतारा, सागाँचोकमा माझी बस्तीको लागि ५३ वटा भुकम्प प्रतिरोधात्मक घरहरु निर्माण गरिरहेको छ ।

५३ वटा भुकम्प प्रतिरोधात्मक आवास सहित अन्य पूर्वाधारको समुचित ब्यवस्थापन गरी एकिकृत नमुना बस्तिको निर्माण गरिरहेको स्वेता श्री फाउण्डेशनलाई आवश्यक अन्य पूर्वाधार निर्माणमा सहज होस भन्ने उद्धेश्यले माछापुच्छ्रे बैंकले रु.७ लाख आर्थिक सहयोग गरेको हो ।

अहिलेसम्म ५३ वटा आवास निर्माणको कार्य सकिएता पनि आर्थिक अभावका कारण सडक, बालबगैँचा, स्वास्थ्य चौकी, रिटेनिङ्ग वाल लगायत अन्य आवश्यक पुर्वाधारहरु निर्माणको काम अगाडि बढ्न कठिनाई देखिएको कारण बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो ।
माछापुच्छे« बैंकले आफ्नो संस्थागत सामाजिक उत्तदायित्व अन्र्तगत सुरक्षा निकायका विभिन्न अंगहरुलाई भौतिक सहयोग तथा दैवी प्रकोपबाट प्रभावितहरुको उद्धार तथा पुर्नस्थापनामा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ भने देशका विभिन्न स्थानहरुमा वृक्षारोपण, वित्तीय साक्षरता लगायतका कार्यक्रमहरुको आयोजना समेत गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij