२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पर्वतको डिमुवामा कामना सेवाको ९२ औं शाखा

पर्वतको डिमुवामा कामना सेवाको ९२ औं शाखा

800
Shares

र्वत– कामना सेवा विकास बैंक लिमिटेडले गण्डकी प्रदेश अन्तर्गत पर्वतको मोदी गाउँपालिका ६ स्थित डिमुवामा ९२औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।
मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेल, गाउँपालिकाका उपाध्यक्ष सेती महत, वडा अध्यक्ष विमल लामिछाने, बैंकका संचालक चतुराखर अधिकारी तथा गण्डकी प्रदेश प्रमु्ख टुबराज बास्तोलाको उपस्थितिमा उक्त शाखाको कारोबार शुभारम्भ भएको थियो ।
यस बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij