२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

१३ सय डाक्टर बिरामी जाँच्न अयोग्य, अधिकांश बंगलादेश पढेका

१३ सय डाक्टर बिरामी जाँच्न अयोग्य, अधिकांश बंगलादेश पढेका

1K
Shares

एमबीबीएस उत्तीर्ण भए पनि १३ सय डाक्टर बिरामी जाँच्न अयोग्य छन् । नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक लाइसेन्स परीक्षामा फेल हुँदा उनीहरु अयोग्य ठहरिएका हुन् ।
लगातार ३६ पटकसम्म फेल भएका डाक्टर पनि छन् । विश्वविद्यालयबाट हुने परीक्षा उत्तीर्ण भए पनि बिरामी जाँच्ने वैधानिकता लिन काउन्सिलले लिने लाइसेन्स परीक्षा पास हुनैपर्छ । काउन्सिल स्रोतका अनुसार फेल हुने अधिकांश बंगलादेशमा अध्ययन गरेर आएकाहरु छन् ।
काउन्सिलले १० पटकसम्म निरन्तर फेल भएपछि लाइसेन्स परीक्षामा सामेल नै हुन नपाउने नियम बनाएर स्वास्थ्य मन्त्रालयमा पठाएको छ । तर यो फाइल मन्त्रालयमा नै अड्किएको छ ।
यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij