पाँचथर – सुजाता तामाङको हत्या आरोपित पक्राउ परेका छन्। मंगलबार पाँचथरको गोपेटारस्थित एनएमबी माइक्रोफाइनान्समा कार्यरत इलाम घर भएकी २० वर्षीया सुजाता हत्या भएको थियो।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) नरेन्द्र कुँवर नेतृत्वको टोलीले हिलिहाङ गाउँपालिका ६ का १९ वर्षीय घनेन्द्र लावतीलाई बिहीबार पक्राउ गरेको हो। प्रहरीले सुजाताको साथबाट लुटिएको ८१ हजार ७० रुपैयाँ र हत्यामा प्रयोग भएको खुकुरीसहित लावतीलाई नियन्त्रणमा लिएको हो।
हिलिहाङ ६ रातमाटेमा लघुवित्त समूहको बैठक सञ्चालनसँगै ब्याज र किस्ता संकलन गरेर फर्कदै गरेकी तामाङको असार ३ गते धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो।
प्रहरीले लावतीलाई हिलिहाङ ५ स्थित गाउँमै लुकेर बसेको अवस्थामा बिहीबार राति ८ बजे पक्राउ गरेको हो। लावतीले पैसाकै लोभमा तामाङको हत्या गरेको पप्रारम्भिक अनुसन्धानमा खुलेको डीएसपी कुँवरले बताए। घटनाको थप अनुसन्धान भइरहेको उनको भनाइ छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij