काठमाडौं- सनराइज बैंकले तनहु जिल्लाको व्यास नगरपालिका वडा नं.९ गजौडे र उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं.६, जलजले बजारमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । यससँगै बैंकको शाखारहित बैंकिङ सेवा ३५ पुगेको छ ।
पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । बैंकिङ्ग सेवा नपुगेका क्षेत्रका जनतालाई बैंकिङ्ग सेवाको पहुच शाखारहित बैंकिङ्ग सेवा मार्फत उपलब्ध गराउँदै जाने लक्ष्य बैंकले लिएको समेत जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij