२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रभु बैङ्कको नयाँ शाखा टीकापुरमा

प्रभु बैङ्कको नयाँ शाखा टीकापुरमा

880
Shares

काठमाडौं – प्रभु बैङ्क लिमिटेडले कैलालीको टीकापुरमा नयाँ शाखा कार्यालय खोलेको छ । सेवाग्राहीलाई सरल र सहजरुपमा अत्याधुनिक प्रविधिसहितको गुणस्तरीय बैङ्किङ सेवा पुर्याउने उद्देश्यका साथ शुक्रबारदेखि कैलालीको टीकापुर नगपालिका १ मा शाखा कार्यालय खोली कारोबार सञ्चालन गरेको छ । उक्त शाखाको टीकापुर नगरपालिकाका नगरप्रमुख टपेन्द्रबहादुर रावलले उद्घाटन गरेका हुन् । नगरप्रमुख रावलले प्रभु बैङ्कले देशका विभिन्न ठाउँमा बैङ्किङ सेवा विस्तार गरेकोमा खुसी प्रकट गर्दै टीकापुर शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल तथा सहजरुपमा बैङ्कको गुणस्तरीयसेवा उपभोग गर्ने अवसर मिल्ने विश्वास व्यक्त गरे । टीकापुर शाखासमेत गरी बैङ्कले हालसम्म १ सय ८४ ओटा शाखा, १ सय ४६ ओटा एटीएम र २३ ओटा एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दैै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij