काठमाडौं – प्रतिनिधि सभाको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ। पूर्वसभासद धनीराम पौडेलको निधनमा बैठकले शोक प्रस्ताव पारित गरेको हो।
उनी २०७० सालमा तत्कालीन एकीकृत नेकपा माओवादीका तर्फबाट समानुपातिक सभासद भएका थिए।
उनी पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारमा शिक्षा मन्त्री भएका थिए।
प्रतिनिधि सभाको शोक प्रस्ताव पारित गरेर असार १ गते आइतबारसम्मका लागि स्थगित भएको छ।
पौडेलको ५४ वर्षको उमेर आजै बिहान चितवनको माडीमा निधन भएको हो। उनी सत्तारुढ नेकपाका केन्द्रीय सदस्य थिए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij