२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अब कलंकी–कोटेश्वर सडकमा तीब्र गतिमा गाडी हाँके कारबाही

अब कलंकी–कोटेश्वर सडकमा तीब्र गतिमा गाडी हाँके कारबाही

1.2K
Shares

काठमाडौं– हालै निर्माण भएको चक्रपथस्थित कोटेश्वर–कलंकी सडकमा तीब्र गतिमा सवारी हाँक्न नपाइने भएको छ । ट्राफिक प्रहरीले सो सडकखण्डमा यातायातका साधनको गति सीमा निर्धारण गरेको जनाएको छ ।
ट्राफिक प्रहरी महाशाखाका अनुसार अब सवारी चालकले मुख्य लेनमा ५० किलोमिटर प्रतिघण्टा भन्दा बढी गतिमा सवारी हाक्न पाउने छैनन् । यस्तै सर्भिस लेनमा २० किलोमिटर प्रतिघण्टाको सीमा तोकिएको छ ।
सोमबारदेखि कोटेश्वर कलंकी सडकखण्डमा सवारी साधनको गति मापन सुरु गरिएको भन्दै प्रहरीले तोकिएको सीमा उलंघन गरेर सवारी चलाइए यातायात व्यवस्था ऐन २०४९ परिच्छेद १० को दफा १६४(६) बमोजिम कारबाही हुने जनाएको छ ।
तीब्र गतिकै कारण सो सडकखण्डमा एकपछि अर्को गर्दै दुर्घटना बढ्न थालेपछि नयाँ नियम ल्याइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij