२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सलमान खानको फिल्म ‘भारत’ रिलीज मिति नजिकिँदै गर्दा विवादमा

सलमान खानको फिल्म ‘भारत’ रिलीज मिति नजिकिँदै गर्दा विवादमा

1.8K
Shares

एजेन्सी- बलिउडका सुल्तान सलमान खानको नयाँ फिल्म ‘भारत’को रिलीज मिति नजिकिँदै गर्दा विवादमा पर्ने सम्भावना बढेको छ । फिल्मको विरुद्ध हाई कोर्टमा मुद्दा दायर भएपछि फिल्म थप विवादमा परेको हो ।
फिल्म ‘भारत’ को अनुच्छेद–३ ले (Emblems & Names Act) को उल्लंघन गरेको आरोप लागेको छ । यस अनुच्छेदका अनुसार कुनै पनि देशको प्रतिक चिन्ह र नामको प्रयोग कुनै पनि व्यवसायिक प्रयोजनको लागि गर्न नसकिने उल्लेख छ ।
त्यसैले रिलीजभन्दा पहिले ‘भारत’ को विरुद्ध जनहित निवेदन दायर हुनु सलमान खानको लागि मुस्किल पैदा हुनु हो । यो फिल्मको रिलीज मिति ५ जुन तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij