काठमाडौं – सरकारले वृद्धभत्ता १ हजार रुपैयाँले बढाएर ३ हजार रुपैयाँ पुर्याएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा पेश गरेको आगामी आर्थिक वर्ष २०७६- ७७ को बजेटमा १ हजार रुपैयाँले वृद्धभत्ता बढाएका हुन्।
सरकारले अहिले मासिक २ हजार रुपैयाँका दरले वृद्धभत्ता दिइरहेको थियो । आगामी आवको बजेटमा १ हजार रुपैयाँ थपेर ३ हजार रुपैयाँ पुगेको छ ।
सरकारले सामाजिक सुरक्षाका लागि ६४ अर्ब रुपैयाँ बजेट बिनियोजन गरेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij