एआइबीटी इन्टरनेशनल खारेजीमा
करिब एक हजार नेपाली बिध्यार्थी इन्टरनेशनल इन्सिच्युट अफ बिजनेश एन्ड टेक्नोलोजी इन्टरनेशनल प्राली (एआइबीटी इन्टरनेशनल) कलेजलाई अस्ट्रेलियन सरकारले मंगलबार कलेजको दर्ता खारेजी गर्ने निर्णय गरेको छ । तिन महिनाअघि एकै नामको एआइबीटी कलेजको नर्सिङ निकायको दर्ता हुन नसक्दा र खारेजिमा पर्दा हजारौ नेपाली बिध्यार्थी अलपत्र परेका थिए । दुबै कलेज एकै ब्यक्ती र संस्थावाट सन्चालित रहेको तथ्य सार्वजनिक भएको छ । यसरी पटक पटक नेपाली बिध्यार्थीहरुको संख्या अधिक भएका यस्ता कलेजहरुको दर्ता खारेजीले उनिहरुको भबिष्यमाथिनै खेलवाट गरेको देखिन्छ । एआइबीटी र एआइबीटी इन्टरनेशनल एकै स्वामित्वमा रहेका दुइ भिन्ना भिन्ने कलेज हुन ।यी दुबै कलेजका नेपालका एजेन्ट भने राजु रेग्मी हुन । उनले मोटो कमिसनको लोभमा बिध्यार्थीहरुलाई एजेन्ट मार्फत बिध्यार्थी एआइबीटीमा कलेजमा ल्याउने गर्ेको सम्वन्धित बिध्यार्थीले बताएका छन । यीनीहरुमा मर्सी , शुभगृह , एजुकेशन एन्ड माइग्रेशन कनर , बीएमडब्लु, अर्वाड ओसीयन एजुकेशन, अप्सन एजुकेशन , क्यारियर विङ्ग्स बानेश्वर, वेभ इन्टरनेशनल,प्रोमिस सर्भिसेस ,ब्राडफोर्ड लगायत रहेको पीडित बिध्यार्थीले बताएका छन ।
यस अघि डिप्लोमा अफ नर्सिङ पढने नाममा सम्वन्धित निकायको सम्वन्धननै प्राप्त गर्न नसकेको कलेजमा पढेको हजारौ नेपाली बिध्यार्थी अहिले पनि खारेजी र त्यसको असरमा झुलिरहेको परिस्थीतीमा पुन सोही नामको इन्टरनेशनल कलेज बन्द भएपछि पुन हजारौ बिध्यार्थीको भबिष्य अन्यौलमा परेको छ ।

पुन एआइबीटीको खारेजीको असरमा अरु हजारौ नेपाली बिध्यार्थीहरु पर्ने देखिएका छन । हामीले यतिबेला बिध्यार्थीहरुलाई संयमित भएर कलेज जान र अर्को निर्णय नआउनजेल कलेजको नियम कानुनभित्र बस्न बिध्यार्थीलाई अनुरोध गरेका छौ , तर हामीले यी सबै बिध्यार्थीको हक र हितका लागि केहि दिनभित्रै योजनावद्ध तरिकाले अगाडि बढने निर्णय भने गरेका छौ, काउन्सिल अफ इन्टरनेशनल स्टुडेन्ट अस्ट्रेलियाका अध्यक्ष बिजय सापकोटाले बताए ।उनले अस्ट्रेलियाको शैक्षिक प्रणालीबिरुद्धको शुद्धिकरणको सरकारी प्रयास भएपनि यसले बिध्यार्थीको जिवनमा पार्ने भयावह अवस्थाका बारेमा सरकार सजग हुनुपर्ने बताए । बिजय अगाडि भन्छन, आउने बिध्यार्थी र ल्याउने निकाय सचेत र सजग नुहँंदाको परिणाम अहिले देखिएको हो । सत्य तथ्य बुझेर आउने र बिध्यार्थीलाई यहाको बास्तबिक अवस्थाको चित्रण गरिदिने हो भने यतिधेरै समस्या आउदैन ।
बिदेश जाने रहर ,हतारमा निर्णय र गलत सुचना प्रवाह र नैतीक जिम्मेबारीताको कमी अनि अस्ट्रेलियन शैक्षिक नितीका कमजोरीका कारण अस्ट्रेलियामा सुन्दर भबिष्यको खोजिमा उच्च अध्यनका लागि आएका हजारौ नेपाली बिध्यार्थी अन्यौलमा परेको स्पष्ट देखिन्छ ।
पछिल्लो पटक सरकारले एन्म्याकको सम्वन्धन बिना डिप्लोमा अफ नसिंङ पढाउन नपाउने निर्णय गरेपछि भने नया आउने बिध्यार्थी एनआइबीटीजस्ता समस्यावाट मुक्त भएका थिए । अब पुनश्च एआइबीटी इन्टरनेशनल जस्तो खारेजीकोचपेटामा पर्न थालेपछि अबका दिनमा कस्ता शैक्षिक संस्थाहरुमा पढन आउने भन्ने बिषय निकै महत्वपुर्ण बनेको छ । यसै बिच सीडनीमा रहेको अस्ट्रेलियन हार्वर इन्टरनेशनल कलेजको नसिंङ निकायलाई मात्रै आस्क्वाले खन्डित खारेज गर्ने निर्णय गरेको छ । कलेजका अन्य संकायहरुमा भने यस निर्णइले कुनै असर पार्ने छैन । यस निर्णय बिरुद्ध पनि कलेजले उच्च निकायमा अपील गर्न भने पाउने छ । भर्खरै गरिएका लेखा सर्वेक्षणमा निकै राम्रो मानिएका कलेज डिप्लोमा अफ नसिंङ पढाइ प्रारम्भ गरे लगत्तै यसरी खण्डित खारेजीमा पर्नु अच्चमीत भएको कलेजले जनाएको छ। आफुहरुलाई यस बिषयमा कुनै जानकारी नआएको र एक्कासी आस्क्वाको वेभसाइटमा यस्तो निर्णय देख्दा आफुहरु अच्चमीत भएको कलेजका निर्देशक मातृका बिमलीले बताए । उनले सम्वन्धित निकायलाई जानकारी नदिइ यसरी निर्णय सार्वजनिक गरिनु उचित नरहेको र भर्खरै गरिएको लेखा सर्वेक्षणमा समेत कलेज अब्बल ठहरिएको बताए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij