काठमाडौं – प्रेम सिंह तामाङ (गोले) सिक्किमको मूख्यमन्त्री बनेका छन्। पवन चाम्लिङको २५ वर्ष लामो शासनलाई अन्त्य गर्दै मूख्यमन्त्री भनेका हुन । आजै उनको मन्त्रीपरिषद् पनि गठन हुनेछ। उनको ११ सदस्यीय मन्त्रीपरिषदलाई सिक्किमका गभर्नरले मञ्जुरी दिइसकेका छन्।
त्यसैगरी भ्रष्टाचारी ठहर गरेका व्यक्ति मूख्यमन्त्री बनेकाले पूर्व मूख्यमन्त्री चाम्लिङले उनको सपथ ग्रहण समारोहमा उपस्थित नहुने बताइएको छ।
गत बिहिबार सार्वजनिक भएको मत परिणाममा गोले नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चाले ३२ सिट मध्ये १७ सिटमा विजय हासिल गरेपछि सिक्किममा चाम्लिङको सत्ता उल्टिएको थियो।
चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्ट १५ सिटमा खुम्चिएको थियो। सन् २०१४ मा भएको अघिल्लो विधानसभा चुनावमा गोलेको पार्टी १० सिट जितेको थियो भने चाम्लिङको पार्टीले २२ सिट जितेको थियो। आज सपथ लिदैं गरेका गोलेले यसपटकको विधान सभामा तथा लोकसभामा उम्मेदवार बनेका थिएनन्। उनको निर्वाचन क्षेत्रबाट उनका छोरा आदित्य गोले निर्वाचित भएका छन्। भारतको संविधानमा विधानसभा सदस्य नभएपनि मूख्यमन्त्री बन्न पाउने प्रावधान छ। त्यसै प्रावधान अन्तरगत प्रेमसिंह मूख्यमन्त्री भएका हुन्। यसरी ६ महिनासम्मका लागि मूख्यमन्त्री बन्न पाइन्छ तर ६ महिनाभित्रमा विधानसभामा सदस्य नभए मूख्यमन्त्री पद जान्छ।
चाम्लिङले सन् १९९३ मा सिक्किम डेमोक्रेटिक फ्रन्ट खोलेसँगै गोले शिक्षण पेसा छोडेर राजनीतिमा आएका हुन्। त्यसपछि सन् १९९४ मा भएको निर्वाचनबाट गोले पहिलो पटक सांसद चुनिए। सांसद चुनिएसँगै उनी चाम्लिङ् नेतृत्वमा बनेको सरकारमा गोले मन्त्री बने। उनी सन् १९९४ देखी सन् २००९ सम्म लगातार ३ पटक मन्त्री भए। त्यसक्रममा उनले पशुपालन, उद्योग र भवन तथा आवास मन्त्रीको रूपमा काम गरे। सन् २०१३ मा चाम्लिङको पार्टी छोडेर सिक्किम क्रान्तिकारी परिषद् गठन गरे। त्यसपछि २०१६ मा गोलेलाई सरकारमा रहँदा भ्रष्टाचार गरेको भन्दै मुद्दा चलाइयो। सो मुद्दामा उनी झण्डै एक वर्ष जेल बसे।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij