२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

झापामा छोरीसँगै सुतेकी महिलामाथि धारिलो हतियार प्रहार

झापामा छोरीसँगै सुतेकी महिलामाथि धारिलो हतियार प्रहार

1.9K
Shares

झापा -झापाको मेचीनगरपालिका – १० धुलाबारीमा गएराती मध्यरातमा सुतिरहेको बेला एक महिलामाथि धारिलो हतियार प्रहार भएको छ । धारिलो हतियार प्रहार हुँदा स्थानीय ४० वर्षीया आरती चौहान (बुढाथोकी) गम्भीर घाइते भएकी छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार राति बाहिरबाट घुसेको अज्ञात आक्रमणकारीले आमा र नाबालिका छोरीको हत्या प्रयास गरेका हुन् ।

बुधबार राति भएको उक्त आक्रमणमा ४३ वर्षीया आरती चौहान बुढाथोकी र उनकी आठ वर्षीया छोरी अर्पणा बुढाथोकी घाइते भएका छन् ।

आक्रमणको घटना राति भएपनि आज बिहान ५ बजेतिर मात्र घाइते अवस्थाकी छोरी अर्पणाले गुहार मागेको सुनेर जाँदा घटनाबारे थाहा भएको छिमेकी गोकुल हुमागाईंले बताए ।

एकतले पक्की सो घरको एउटा कोठामा आरती र उनकी छोरी बस्थे भने अर्को कोठामा प्यारालाइसिसकी बिरामी वृद्धा सासु थिइन् । घर बाहिर एक कोठामा सुत्ने गरेकी आरतीका सासुको कोठामा पनि बाहिरबाट चुकुल लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij