२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अन्यायमा पशुपतिनाथः १७ हजार रोपनीको आम्दानी ७४ लाख

अन्यायमा पशुपतिनाथः १७ हजार रोपनीको आम्दानी ७४ लाख

1.4K
Shares

पशुपतिनाथका नाममा काठमाडौँ उपत्यकामै १८ हजार रोपनी जग्गा छ । आनाकै लाखौं पर्ने यति धेरै जग्गाको आयस्ता अर्बौं हुन सक्छ । तर, १७ हजार रोपनीबाट भाडा उठ्छ– वर्षको जम्माजम्मी ७४ लाख रुपैयाँ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा गोपीकृष्ण ढुंगाना र सुरेन्द्र काफ्लेले लेखेका छन् ।

बरु १ हजार १ सय २६ रोपनी उपभोग गर्ने त्रिभुवन विमानस्थलले वर्षको करोड तिर्छ । त्यो पनि अति कम हो ।

पशुपति क्षेत्र विकास कोषका तीनवटा कार्यालयले वार्षिक ७४ लाख १७ हजार ९ सय ५३ रुपैयाँ मात्रै कुत पाउने गरेको कोषध्यक्ष डा. मीलनकुमार थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij