२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ग्लोबल आँखा केन्द्रद्धारा चेतनामूलक कार्यक्रमको साथमा आठ जनालाई कृतिम आँखा निशुल्क प्रदान

ग्लोबल आँखा केन्द्रद्धारा चेतनामूलक कार्यक्रमको साथमा आठ जनालाई कृतिम आँखा निशुल्क प्रदान

2.9K
Shares

काठमाडौं – विश्व रेटीनोब्लास्टोमा दिवसको अवसरमा पुरानो बानेश्वरमा रहेको ग्लोवल आँखा केन्द्रले जनचेतनामूलक कार्यक्रमको साथमा निम्न आय भएका आठ जनालाई कृतिम आँखा निशुल्क हस्तान्रण गरेको छ । उक्त कृतिम आँखाको नेपाली १५ हजार पर्ने केन्द्रले जनाएको छ ।
नेपालमा मे १२ देखी १८ सम्म आँखाको प्लास्टिक सल्य चिकित्सा सम्बन्धी चिकित्सक समाजको अगुवाईमा देशको साट वटै प्रदेशको २७ वटा आँखा अस्पतालमा रेटीनोब्लास्टा सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न भएका छन् ।

रेटीनोब्लास्टामा पाँच वर्ष भन्दा मुनिका बालबालिकाहरुमा हुने एक प्रकारको आँखाको क्यान्सर हो । २०००० नवजात शिशु एकलाई देखा पर्ने यो रोग आँखाको भित्रि भागबाट (रेटिना) पलाउने गर्छ र अन्तत अन्धोपन निम्त्याउछ साथै उपचार ढिलो भएमा शरिरका अरु भागमा पनि फैलिएर ज्यान समेत जान सक्ने चिकित्सकहरु बताउँछन् ।
ग्लोबल आँखा केन्द्रका निर्देशक डा. वेन लिम्बुका अनुसार यो आँखाको प्रमुख लक्षणहरुमा आँखाको नानीमा सेतो देखिनु, आँखा डेडो हुनु, आँखा असमान्य रातो हुनु र क्यान्सर धेरै फैलिएको खण्डमा आँखा बाहिर निस्कनु पर्दछन् । त्यसैगरी यो रोग एउटा आँखामा वा दुई वटै आँखामा हुन सक्छ र यदि दुवै आँखामा छ भने त्यो बंशानुगत हुन सक्छ ।


डा. लिम्बुका अनुसार नेपालमा यो क्यान्सर वर्षमा अन्दाजी ६० जनामा देखा पर्ने गरेको छ । वर्षमा नयाँ र पुराना गरि १०० जनाले यो रोगको उपचार गराईरहेका छन् । विकसित देशहरुमा ९९ प्रतिशत विरामीहरुको रोग निदान भएका छ भने नेपालमा भने ३० प्रतिशतको मात्र ज्यान जोगाउन सफल भएको डा.लिम्बुको भनाई छ ।


नेपालमा विरामी डाक्टरको ढिला पुग्नु, चेतनाको कमि र निम्न आयको कारण पनि रोगको समयमा उपचार हुन नसकेको डा. वेन लिम्बु बताउँछन् ।

प्रदेश ३ काठमाडौं क्षेत्र ४ का सांसद नरोतत्म बैद्यको प्रमुख अतिथि, चर्चित गायक धिरज राई, लायन्स क्लबको गर्भनर सुर्दशनधर प्रधानांग विशेष अतिथिको साथमा ग्लोबल आँखा केन्द्रले आँखा सम्बन्धी जनचेतना जगाउन महत्वपूर्ण भुमिका खेलेका सुवास न्यौपाने, सन्जु दाहाल, विजया गौतमलाई सम्मान गरेको छ । यस सम्मानलाई आगामी दिनमा पनि निरन्तरता दिने केन्द्रले जनाएको छ ।
रेटीनोब्लास्टामा नेसोसको पहलमा नेपालमा पनि जनचेतनाका लागि सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij