२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कार चलाएर अस्पताल पुगेका डाक्टर ९ दिनदेखि आइसीयूमा

कार चलाएर अस्पताल पुगेका डाक्टर ९ दिनदेखि आइसीयूमा

2.3K
Shares

विराटनगर– छातीमा सामान्य दुखाई महसुस भएपछि उपचारका लागि आफ्नै गाडी चलाएर अस्पताल पुगेका यहाँ एक चिकित्सक ९ दिनदेखि आइसीयूमा छन् ।
उनलाई भेन्टिलेटरमा राखेर श्वासप्रश्वासका लागि अक्सिजन दिइएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

कोसी अञ्चल अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ विमल अग्रवालको नोबेल मेडिकल कलेजमा आईसीयूमा उपचार भइरहेको छ । अग्रवाललाई अघिल्लो शनिबार राति घरैमा सामान्य छाती दुखेको महसुस भएको थियो ।

‘एन्जियोग्राफी गर्दा विमल बोलिरहेका थिए,’ प्रत्यक्षदर्शी मेडिकल साइन्सका जानकार उनका मामा प्रदीप अग्रवालले भने, ‘एन्जियोग्राफी गर्ने क्रममा डा. नेपालले मुटुको रक्तधमनीमा रहेका ब्लकेज चलाएपछि विमल बेहोस भए ।’ मामा प्रदीपका अनुसार मुटुको रक्तधमनीको ब्लकेज चलाउँदा विमलको ‘ब्रेन स्ट्रोक’ भएको हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij