२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एक लाखभन्दा बढीलाई ३० दिने रोजगारीको तयारी

एक लाखभन्दा बढीलाई ३० दिने रोजगारीको तयारी

2K
Shares

सरकारले चालू आर्थिक वर्षमा एक लाखभन्दा बढीलाई कम्तीमा ३० दिनको रोजगारी दिने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा एक लाख छ हजार ८७२ जनालाई न्यूनतम ३० दिनको रोजगारी दिने गरी तयारी गरेको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छिन् ।

श्रम मन्त्रालयका अनुसार सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत ७५३ वटा तहलाई परिपत्र गर्दै बेरोजगारको सूचीमा दर्ता भएका बेरोजगारलाई न्यूनतम ३० दिनको रोजगारी दिन पत्राचार गरेको र त्यसका लागि आवश्यक रकम स्थानीय तहमा पठाइएको छ ।

सरकारले चालू वर्षको बजेटमार्फत प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पाँच लाखलाई रोजगार दिने भनेको थियो । बजेटमा व्यवस्था भएअनुसार यही आर्थिक वर्ष्भित्र एक लाखभन्दा बढीलाई ३० दिन बराबरको रोजगारी दिन लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij