२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नुवाकोटको अर्गानिक तरकारी काठमाडौंको टोखामा

नुवाकोटको अर्गानिक तरकारी काठमाडौंको टोखामा

1.4K
Shares

काठमण्डौ– नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका लगाएत विभिन्न स्थानमा उत्पादित तरकारिको बजारमा सिधै उपभोक्ता माझ पु¥याउन उद्देश्यले काठमडौंको ग्राण्डि अस्पताल अगाडिको तरकारी बजारमा तरकारी पसल सञ्चालनमा आएको छ । पसलमा सुपथ तथा होलसेल मुल्यमा बिक्रि गर्न ल्याईने शिवपुरी ८ का जागरुक कृषि सहकारी संस्थाका अध्यक्ष राम पुडासैनिले बताए ।
अहिले यस पसल सञ्चालन गर्न जागरुmक कृषि सहकारीले संयोजन गरिरहेको छ । भविष्यमा कृषकको उत्पादन र बजारको माग हेरेर काठमडौंको अन्य स्थानमा पनि पसल सञ्चालन गरिने पुडासैनिले जानकारी दिए। यस तरकारी पसल सञ्चालनले नुवाकोटमा तरकारि उत्पादन गर्न कृषकको लागि बजार ब्यबस्थापन गर्न थप हौशला हुने शिवपुरी ७ का सुनखानि बहुउद्धेश्यि सहकारी सस्थाका अध्यक्ष प्रकास पाण्डेको भनाई छ ।
तरकारी पसल सञ्चालनले नुवाकोटबाट काठमण्डौमा आई बसोबास गर्ने नुवाकोटको मानिसले गाउँबाट कृषकको खेतबारिबाट ल्याृँदा ताजा फ्रेस तरकारि सिधै बजारका उपभोत्ता माझ उपभोग गर्न सहज भएको समुन्द्रादेवि कृषि बहुउद्देश्यसीय सहकारि सस्थाका सञ्चालक सदस्य हरि भेटुवाल बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij