२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

विराजसँग मिस नेपाल निकिताको रोमान्स

विराजसँग मिस नेपाल निकिताको रोमान्स

2.3K
Shares

काठमाडौं – पूर्व मिस नेपाल निकिता चाण्डकले अभिनेता अभिनेता विराट भट्टसँग रोमान्स गर्ने भएकी छन् । यी दुबैको रोमान्समा फिल्म ‘साङ्लो’ निर्माण हुने भएको छ । जसको घोषणा हालै राजधानीमा आयोजित एक कार्यक्रममा गरिएको थियो ।
‘साङ्लो’ विराज भट्टले नै निर्माण निर्देशन गर्न लागेका हुन् । लगभग ७५ फिल्ममा काम गरेका विराजले यसै फिल्ममार्फत निर्देशन डेब्यु गर्न लागेका हुन् । फिल्ममा विराज र निकिताकै मुख्य भूमिका रहनेछ । २४ वैशाखबाट छायाँकन सुरु भएको फिल्ममा कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पि. पन्त, अमित गिरीलगायतका कलाकारको अभिनय रहनेछ । फिल्मलाई मानकृष्ण महर्जनले खिच्नेछन् ।

विराज भट्ट फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण हुने फिल्ममा तेजबहादुर खड्काले विराजलाई लगानीमा सघाउने छन् । ५० दिनमा छायाँकन पूरा गर्ने लक्ष्य लिइएको यसमा सुरेश अधिकारी, राजनराज शिवाकोटी र विनोद खम्बुको संगीत रहेको छ । काठमाडौं, सुदुरपश्चिम डोटीको जोराइल खप्तडमा फिल्मको छायाँकन हुनेछ । फिल्मको लेखन शिवम् अधिकारीले गरेका हुन् ।

कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहने फिल्ममा अष्ट महर्जनको द्वन्द्व रहनेछ । ‘साङ्लो’ भोजपुरी र हिन्दीमा पनि डब हुने निर्माण युनिटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij